भरतपुरमा अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे सञ्चालन हुने, अस्ट्रेलियाका १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता
भरतपुरस्थित ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनामा चितवनमा ‘अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे’ सञ्चालन गर्न लागिएको छ । भरतपुर गार्डेन रिसोर्टमा यही माघ १५ गते आइतबार सञ्चालन हुने कार्यक्रममा अस्ट्रेलियाका १० विश्वविद्यालय र पाँच कलेजसमेत गरी कुल १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ विश्वविद्यालय तथा कलेजको तर्फबाट २५ प्रतिशतदेखि शत प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको संस्थाका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अष्ट्रेलियन सरकारले परिवर्तन गरेका विद्यार्थी भिसा सम्बन्धि केही प्राबधानहरु बारे जानकारी दिइनुका साथै भिसा असफल हुनु सक्ने कारणबारे समेत स्पष्ट पारिने हुँदा कार्यक्रम फलदायी हुनेछ । सो अवसरमा नबिल बैंक…