कोरियाले एक वर्षभित्रै ४० हजार कामदार लैजाने
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने भएको छ । अबको एकैवर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा गरी ४० हजार नेपाली लैजाने भएको हो । यसअघि ईपीएसअन्तर्गत यति धेरै नेपाली एकै वर्षमा कोरियाले भर्ना गरेको थिएन । कोरियाले सबैभन्दा बढी गत वर्ष नौ हजार कामदार लैजाने कोटा छुट्याएको थियो । ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार पुगिसकेका छन । जसमा पाँचहजार महिला छन् । कोरिया गएकामध्ये तीनहजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेको बताइएको छ । कोरीयाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिल कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १७ औं…