मितिः २०८१, १८ बैशाख मंगलवार

Admin

564 Posts
युवतीको मन जित्न लोकसेवा पास गर्ने कसमको कथा

युवतीको मन जित्न लोकसेवा पास गर्ने कसमको कथा

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को आधिकारिक टिजर सार्वजनिक भएको छ । विवाहको लागि युवतीको मन जित्न प्रमुख पात्रले बुन्ने योजना र त्यसबारे यथार्थ खुलेपछि सम्बन्धमा आउने उतारचढाव यसको केन्द्रीय कथावस्तु हो । फिल्ममा दयाहाङले सीआईबी अफिसरको भूमिका निर्वाह गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा पहिलोपटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका हुन् । विवाहपछि पतिसँगै अष्ट्रेलिया लागेकी प्रकृति लामो समय फिल्मबाट टाढिइन् । उनको पछिल्लो फिल्म ‘उत्सव’ नौ वर्षअघि रिलिज भएको थियो । उनको डेब्यु फिल्म ‘होस्टेल’ थियो । दयाहाङको पछिल्लो फिल्म ‘फूलबारी’ अहिले प्रदर्शन भइरहेको छ । प्रवेश पौडेल निर्देशित…
Read More
छक्का पञ्जा ४ को ट्रेलर सार्वजनिक

छक्का पञ्जा ४ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र छक्का पञ्जा ४ को ट्रेलर सार्वजनिक भएको छ । OSR Digital युट्युब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । आमा सरस्वती मुभिज प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र छक्का पञ्जा ४ मा दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्रको रिलिज मिति फागुन १९ लाई तोकिएको छ । हेर्नुहोस् चलचित्रको ट्रेलर: https://www.youtube.com/embed/V3tEPolMPKQ
Read More
ब्राजिलमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी ३६ जनाको ज्यान गयो

ब्राजिलमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी ३६ जनाको ज्यान गयो

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी–पहिरोबाट साओ पाउलो सहरमा ३५ जना र उबातुबा सहरमा एक बालिका गरी ३६ जनाको ज्यान गएको बताइएको छ साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा दुईसय २८ जना घरबारविहीन भएका छन् । तीनसय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी–पहिरोमा हराएका तथा घाइते भएकाहरूका बारेमा भने अधिकारीहरुले जानकारी नदिएको बताइएको छ । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच सहरमा आपत्काल घोषणा गर्नुभएको छ । साथै उहाँले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर…
Read More
बुस्टर डोज का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज नेपाल आइपुग्यो

बुस्टर डोज का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज नेपाल आइपुग्यो

कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज सोमवार नेपाल आइपुगेको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि पनि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले खोप नेपाल आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ । आज खोप…
Read More
स्पट फिक्सिङमा महबुबसहित पाँच जनाविरुद्ध  मुद्दा दर्ता

स्पट फिक्सिङमा महबुबसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताउनुभयो । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले बताएको थियो । तीमध्ये आलमद्वयसहित वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पक्राउ परेका थिए । सरकारी वकिलको कार्यालयका अनुसार काठमाडौं नाइट्स टिमका को–वोनर नविन कँडेल र सप्तरीका…
Read More
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । आज सोमबार सर्वोच्च अदालत बार एसोसिएसनको ४९औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताउनुभयो । प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरूको अकर्मण्यता भएको उहाँको भनाई छ । “न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहनु पहिलो कुरा शोभनीय हुँदैन । दोस्रो कुरा, यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ । ढुक्कका साथ आफू प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न…
Read More
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सयौं यात्रुको बिचल्ली

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सयौं यात्रुको बिचल्ली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ । सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन् । अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृहमन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो छ ।करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनका एक अधिकारीको भनाई छ । अफलाइन सर्भर नहुनु र बारम्बार प्राविधिक समस्याबारे जानकारी गराउँदा पनि वास्ता नगरेपछि कर्मचारीले नै यात्रुको आक्रोश भोग्नुपरेको अधिकारीको गुनासो छ । सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका नौवटा जति…
Read More
लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री अहिरद्वारा शपथ ग्रहण

लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री अहिरद्वारा शपथ ग्रहण

लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ । अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज सोमवार प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनु भएको हो । उहाँलाई हिजो मुख्यमन्त्री लीला गिरीले हिजो मन्त्री नियुक्त गर्नुभएको हो । यसअघि गत माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त हुनुभएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै अहिरलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Read More
पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन

पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहनुभएका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिनुभएको थियो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बन्नुभएको थियो । उहाँका छ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।
Read More
चितवनका दूई सहित पाँच निर्माण कम्पनी कालोसूचीमा

चितवनका दूई सहित पाँच निर्माण कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने चितवनका दूई सहित पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।खरिद अनगमन कार्यालयको सूचनामा भनिएको छ–“विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छ्रैनन्’’ खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.