मितिः २०८१, १८ बैशाख मंगलवार

आर्थिक खबर

कोरियाले एक वर्षभित्रै ४० हजार कामदार लैजाने

कोरियाले एक वर्षभित्रै ४० हजार कामदार लैजाने

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने भएको छ । अबको एकैवर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा गरी ४० हजार नेपाली लैजाने भएको हो । यसअघि ईपीएसअन्तर्गत यति धेरै नेपाली एकै वर्षमा कोरियाले भर्ना गरेको थिएन । कोरियाले सबैभन्दा बढी गत वर्ष नौ हजार कामदार लैजाने कोटा छुट्याएको थियो । ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार पुगिसकेका छन । जसमा पाँचहजार महिला छन् । कोरिया गएकामध्ये तीनहजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेको बताइएको छ । कोरीयाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिल कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १७ औं…
Read More
चितवनको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु

चितवनको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । हिजो बुधवार दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा तटबन्धनको शिलान्यास गर्नुभयो । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताउनुभयो । भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको छ । यो खैरहनीमा दोस्रो लगानी भएको बताइएको छ । तटबन्धका लागि समय धेरै बाँकी नरहेकाले अब कामलाई तीव्र गतिमा लैजान महावाणिज्यदूत कुमारले आग्रह गर्नुभयो । त्यस्तै नगर…
Read More
नारायणगढ–मुग्लिन सडकखण्डका पुल बन्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बन्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । अब आउँदो असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । अब आउँदो पुस ९ गते सम्झौताको अवधि सकिँदै छ । कोभिड–१९ का कारण समयमा काम नसकिएको बताइएको छ । घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले पुल सम्पन्न गर्न अझै एक वर्ष लाग्ने जनाइएको छ । समय धेरै…
Read More
दूध उत्पादनमा अनुदान दिँदै स्थानीय तह

दूध उत्पादनमा अनुदान दिँदै स्थानीय तह

उत्पादन लागत घटाउन किसानले उत्पादन गरेको दुधमा स्थानीय तहहरुले अनुदान दिन थालेका छन् । उत्पादनका आधारमा स्थानीय तहहरुले अनुदानको व्यवस्था गर्न लागेका हुन् । पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकाले अनुदान दिनका लागि दुग्ध उत्पादक सहकारीलाई निवेदन दिन माग गरेका छन् । वार्षिक कति उत्पादन हुन्छ त्यसको विवरण सम्बन्धित स्थानीय तहले नगरभित्रका सहकारीहरुसँग माग गरेका हुन् । अनुदान दिनकै लागि राप्ती नगरपालिकाले यसवर्ष ४८ लाख ५० हजार रूपैयाँ बजेट छुट्टयाएको छ । राप्तीले गत आर्थिक वर्षदेखि दूध उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरेको थियो । राप्तीमा छ वटा दुग्ध उत्पादक सहकारी तथा एउटा बहुउद्देश्यीय सहकारी संस्था छ । बहुउद्देश्यीय सहकारी…
Read More
आजदेखि खुल्यो एसियन हाइड्रोपावरको आईपीओ

आजदेखि खुल्यो एसियन हाइड्रोपावरको आईपीओ

एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले (आज) देखि आईपीओ निष्काशन गरेको छ । स्थानीय प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने तीन करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर एकसय रुपैयाँ अंकितदरका तीन लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको छ । जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं ११ का स्थानीय बासिन्दाहरूका लागि एक लाख ३६ हजार कित्ता सेयर रहेको छ । साथै…
Read More
नारायणघाट–बुटवल सडक निर्माणले गति लिँदै

नारायणघाट–बुटवल सडक निर्माणले गति लिँदै

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेनर््र्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको हो । गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकामा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको ढकालले बताउनुभयो । आयोजनाको पूर्वी खण्डमा दैनिक एक हजार दुई सय कामदारले काम गरिरहेको बताइएको छ । आयोजनाको पूर्वी खण्डमा पर्ने विद्युत्का पोल पनि सार्ने काम अगाडि बढेको आयोजनाले जनाएको छ । अहिलेसम्म ३० प्रतिशत विद्युतका पोल सार्ने काम सकिएको हो । पछिल्लो…
Read More
समय तोकेरै काम पुरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाले दियो अल्टिमेटम

समय तोकेरै काम पुरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाले दियो अल्टिमेटम

भरतपुर महानगरपालिकाभित्र निर्माणधिन आधा दर्जन आयोजनाहरुलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुरका मूख्य सडक खण्डरुको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो । हिजो आईतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पुरा गर्ने प्रतिवद्धता जनाएको भरतपुर महानगरपालिकाले जनाएको छ । धर्मचोक–बैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब पाख्च सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पुरा गरी पुसको १३ गतेभित्र…
Read More
चितवनमा घट्यो जग्गाको भाउः मालपोतमा किनबेच नै रोक्का

चितवनमा घट्यो जग्गाको भाउः मालपोतमा किनबेच नै रोक्का

चितवनमा घरजग्गाको मूल्यमा झण्डै ३० प्रतिशतसम्मले गिरावट आएको छ । बैँकको लगानी नहुँदा र ब्याज बढ्दै गएको कारणले जग्गाको मूल्यमा गिरावट आएको हो । चितवनको पदमपुरमा गत वर्षसम्म गठ्ठाको २७ लाख रुपैयाँ भनेको जग्गा घटेर करिब २४ लाख रुपैयाँमा हाल किनबेच भएको पश्चिम चितवनमा जग्गा व्यवसाय गर्दै आउनुभएका गणेश गुरुङले बताउनुभयो । पदमपुरमा मात्रै नभएर चितवनका अन्य ठाउँमा पनि मूल्य घट्दै गएको बताइएको छ । बैँकको ऋणका कारणले कतिपय नागरिक एक करोड भनेको घडेरीलाई ७० लाख रुपैयाँसम्ममा पनि बेच्न बाध्य भएका छन् । प्लटिङ गर्न नपाएपछि टुक्रे जग्गाको पनि भाउ नआउने गुरुङको भनाई छ । बैँकसँगै पैसा नहुदा व्यवसायीले घरजग्गामा…
Read More
नारायणी नदीको ‘सिग्नेचर पुल’ निर्माणमा व्यवसायी अनिच्छुक देखिएपछि फेरी गरीयो ठेक्का आह्वान

नारायणी नदीको ‘सिग्नेचर पुल’ निर्माणमा व्यवसायी अनिच्छुक देखिएपछि फेरी गरीयो ठेक्का आह्वान

नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दोस्रोपटक सूचना प्रकाशन गरिएको छ । यसअघि कात्तिक २ गते आह्वान भएको ठेक्कामा कुनै पनि निर्माण कम्पनीले आवेदन नदिएपछि दोस्रोपटक ठेक्का आह्वान गरिएको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । पुल महाशाखाले मंसिर २० पुनः आह्वान गरेको ठेक्काको म्याद १५ दिन अर्थात पुस ६ गते दिउँसो १२ बजेसम्म छ । हाल भइरहेको पुल यथावत राखी दुई लेनको नयाँ पुल निर्माण हुने पुल महाशाखाका सिनियिर डिभिजनल इन्जिनियर (सिडिई) राजकुमार अधिकारीले बताउनुभयो । महाशाखाका अनुसार नेपालमा पहिलोपटक बन्न लागेको सिग्नेचर ब्रिज निर्माणका लागि स्वदेशी कम्पनीले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ…
Read More
मुग्लिन–नारायणगढ सडकखण्ड ः यही वर्ष १३ पुलमा सवारी गुडाउने लक्ष्य

मुग्लिन–नारायणगढ सडकखण्ड ः यही वर्ष १३ पुलमा सवारी गुडाउने लक्ष्य

राजधानीलाई देशको पूर्व र पश्चिमसँग जोड्ने लाइफलाइन (जीवनरेखा) मानिएको मुग्लिन–नारायणगढ सडकको स्तारोन्नति भएसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । दुई प्याकेजमा पुल निर्माणको काम भइरहेको तत्कालीन नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । हाल कुल १५ वटा पुल निर्माणको चरणमा छन् । कतिपय पुल निर्माण सम्पन्न भइसकेका छन् भने कतिपयमा काम नै सुरू हुन सकेको छैन । मुग्लिनदेखि रिग्दीखोलासम्मको सातवटा पुललाई प्याकेज १ मा र रिग्दीखोलादेखि नारायणगढतर्फका बाँकी आठवटा पुललाई प्याकेज २ मा राखेर काम गरिरहेको छ । दुई प्याकेजमध्ये प्याकेज एकभन्दा दुईमा बढी काम भएको छ । भूगोलका कारण पनि प्याकेज एकको तुलनामा दुईमा काम गर्न केही सहज…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.