मितिः २०८१, १९ बैशाख बुधबार

मगर संस्कृति जोगाउन चितवनमा कौराहा प्रतियोगिता हुँदै

नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले आज विहिबार पत्रकार सम्मेलन गरेर यहि पुस २३ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
उक्त प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म छवटा समूहले भाग लिइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागि हुन चाहने समूहको लागि दर्ता शुल्क दुई हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । पुरस्कार अब आउँदो फागुन १५ गते मगर दिवसको दिन प्रदान गरिने बताइएको छ । प्रथम हुनेलाई पुस २५ देखि माघ ४ गतेसम्म हुने चितवन महोत्सवमा नेपाल मगर संघ चितवनको प्रतिनिधित्व गरी कौराहा नृत्य प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ ।
कार्यक्रम सम्पन्न गर्नको लागि करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान संघको छ । यस कार्यक्रमको लागि भरतपुर महानगरपालिका वडा नंं. ७ ले सहयोग गरेको छ । मगर समुदायको बसोबास बाक्लिँदै गएको चितवनमा संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल मगर साँस्कृतिक संघले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.