मितिः २०८१, ६ जेष्ठ आईतवार

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ)आजदेखि खुलेको छ । अंकित मूल्य एकसयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको हो ।
कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरिसकेको छ । यस कम्पनीको आइपीओमा यहि माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधीमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि यहि माघ २३ गतेसम्म थप हुनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड छ ।कम्पनीको आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले कास्कीको मादी गाउँपालिकाबाट बग्ने मादी नदीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनको अनुमानित प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार भने आयोजनाको कुल अनुमानित लागत आठ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.