मितिः २०८१, ६ जेष्ठ आईतवार

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख छ हजार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज मंगलबार प्रतितोला एकलाख छ हजार तीन सय रुपैयाँ पुगेको हो ।
हिजो सोमबार एकलाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा कारोबार भएको छ । महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला एकलाख पाँचहजार रुपैयाँ पुगेको थियो । अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि तोडेको हो ।
चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार एकहजार तीनसय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज मंगलबार एकहजार तीनसय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.