मितिः २०८१, ६ जेष्ठ आईतवार

नेपाल भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा

दिनप्रतिदिन भ्रष्टाचार बढ्दै गईरहेको बेला नेपाल३४ अंकका साथ भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा परेको छ ।
आज ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कको सूची अनुसार गएको वर्ष अर्थात् सन् २०२२ को सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा गनिएको छ । त्यस्तै सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुकमा सोमालिया सूचीकृत भएको छ । सोमलिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

५० भन्दा कम अंक प्राप्त गर्ने राष्ट्र बढी भ्रष्टाचार हुने मुलुकका रुपमा गणना गरिने हुनाले सोही गणना अनुसार नेपाल पनि बढी भ्रष्टाचार हुने मुलुकको रुपमा गनिएको छ । गत वर्ष नेपालको अंक ३३ हुँदा एकसय १७ औं स्थानमा थियो । हालको प्राप्त अंकमा केहि सुधार भएता पनि नेपाल अझै पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको जनाइएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको प्रतिवेदन ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको हो ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान रहेको जनाइएको छ । भुटान ६८ अङ्कसहित २५ औं स्थानमा रहेको छ । त्यस्तै मालदिभ्सले ४० अङ्कसहित ८५ औं, भारतले ४० अङ्क सहित ८५ औं, श्रीलङ्काले ३६ अङ्कसहित एकसय एक औं स्थान पाएका छन् ।
नेपालभन्दा मुनि पाकिस्तानले २७ अङ्कसहित एकसय ४० औं, बङ्गलादेशले २५ अङ्कसहित एकसय ४७ औं र अफगानिस्तानले २४ अङ्कसहित एकसय ५० औं स्थान पाएका छन्् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.