मितिः २०८१, १८ बैशाख मंगलवार

जनवरीमा मात्र भित्रिए ५५ हजार विदेशी पर्यटक

सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
यो वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् भने अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बंगलादेशबाट दुई हजार चार सय ६८ पर्यटक नेपाल भित्रिएका छन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।अफ सिजनमा पनि उल्लेख्य संख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उहाँको भनाई छ । सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ र सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

उक्त विवरणअनुसार महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिएको छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा भने केही बढेको थियो । सो वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा भने कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले कमी आएको थियो । महामारीका कारण सोही वर्ष जम्मा दुई लाख ३० हजार ८५ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२१ मा भने पर्यटन आगमनको संंख्यामा अघिल्लो वर्षको तुलनामा३४ दशमलव चार प्रतिशतले कमी आएको थियो । सोही वर्ष जम्मा एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल भित्रिएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.