मितिः २०८१, १८ बैशाख मंगलवार

‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ बन्यो चितवनको सौराहा

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना हुने भएको छ ।
पर्यटकलाई आकर्षित गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ अर्थात् भोलीदेखि फागुन २ गतेसम्म खाना महोत्सव आयोजना गर्ने भएको हो । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई झकिझाउ पारेर सिँगारेका छन् । स्थानीय उत्पादनका सामग्रीले सौराहा सिँगारिएको छ । सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्म डाली र लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ ।
चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्न कार्यक्रम आयोजना गरिएको बताइएको छ । भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी त्यही अनुसार तयारी गरिएको महोत्सव संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा स्थापित सौराहामा व्यवसायीहरूले पर्यटन विकासका लागि खाना महोत्सव आयोजना गर्दै आएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिनुभयो । प्रणय दिवस मनाउन चाहनेका लागि विभिन्न आकर्षक कार्यक्रम आयोजना गरिनेछ । सांस्कृतिक कार्यक्रम, उपहार, खाना, आवासलगायतका कार्यक्रमलाई व्यवस्थित बनाइएको छ । ‘सडकमै खाऔँ ःसडकमै रमाऔँ’ भन्ने नाराका साथ हात्तीचोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीहरूले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किनेछन् । तीनदिन हुने उक्त महोत्सवमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला–संस्कृति, विभिन्न जातजातिका झाँकी प्रस्तुत हुनेछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.