मितिः २०८१, १९ बैशाख बुधबार

ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

खाना पकाउने ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारको लागि भारतको मुम्बई लगिएको छ । फोक्सोमा नै असर गरेकाले चिकित्सकले सुुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उहाँलाई थप उपचारका लागि भारतको श्री एयरलाइन्सको विमानमार्फत चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो । अब भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुनेछ । भण्डारीको शरीर ३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उहाँको दुवै हात गोडा र अनुहार जलेको छ ।

बुद्धनगरस्थित निवासमा हिजो बुधबार राति करिब १० बजे ग्यास लिक भएको थाहा पाएपछि आमा हरिकला पुगेको समयमा उक्त विस्फोट भएको थियो । सोही क्रममा आमालाई बचाउन भण्डारी पनि त्यहाँ पुग्नुभएको थियो । भण्डारीकी आमा ८६ वर्षिय हरिकलाको भने आज बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । हरीकलाको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.