मितिः २०८१, १८ बैशाख मंगलवार

चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवन जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो ।
जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा छ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लामा हर्दिनाथ हाइब्रिड १ र चैते ५ उन्नत जातको धान खेती गरिँदै आएको छ । हर्दिनाथ हाइब्रिड जिल्लाको २५ प्रतिशत क्षेत्रमा लगाइने गरेको पुनको भनाई छ । चैते धानमा सरकारको सहयोग हुनु र पर्याप्त सिँचाइका कारण क्षेत्रफल बढेको छ ।चैते धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत दुई सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.