मितिः २०८१, १८ बैशाख मंगलवार

नारायणगढको एमथ्री मोबाइल हाउसमा प्रहरीको छापा, अवैध मोबाइलसहित पसल सञ्चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढको इन्द्रदेव मार्गस्थित एमथ्री मोबाइल हाउसमा छापा हानि अवैध मोबाइलसहित सञ्चालकलाई पक्राउ गरेको छ ।
अवैध मोबाइल सेटहरु बिक्रि वितरण तथा भण्डारण भइरहेको भन्ने सूचनाको आधारमा बुधबार साँझ ७ बजे पसलको खानतलासी गर्न गएको प्रहरी टोलिले अवैध ४० थान मोबाइलसहित पसल सञ्चालक भरतपुर महानगरपालिका–६ बस्ने ३५ वर्षीय दिपेन्द्र खड्कालाई पक्राउ गरेको हो ।
उक्त पसलमा आइफोन, सामसुङ र रियलमी लगायत विभिन्न ब्राण्डका अवैध मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीका लागि हिजो बिहीवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.