मितिः २०८१, १९ बैशाख बुधबार

भारतको बीबीसी कार्यालयमा आयकर विभागले गर्यो तीन दिनसम्म खानतलासी

भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ ।
भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा मंगलबार, अस्ति बुधवार र हिजो बिहिवार गरी तीन दिनसम्म निरन्तर खानतलासी गरेका हुन् ।
बीबीसीले बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही हप्तापछि बीबीसीको भारतमा रहेको कार्यालयमा आयकर विभागले खानतलासी गरेको हो । वृत्तचित्र सन् २००२ मा गुजरातमा भएका मुस्लिमविरोधी हिंसामा मोदीको भूमिकामा केन्द्रित छ । त्यसबेला मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.