मितिः २०८१, १८ बैशाख मंगलवार

चितवनमा ५३ किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले चितवनमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
गएराती अस्थायी प्रहरीचौकी लोथर चितवनबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका– १ लोथरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथरतर्फ जादै गरेको बा ३ च २५०४ नं. को टाटा डिआई गाडीमा लुकाइछिपाई ल्याएको ५३ किलो लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा गाडी चालक भरतपुर महानगरपालिका–१६ बस्ने बर्ष ३० को अर्जुन दर्जी र गाडीमा सवार एक जना (नाबालक) रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक विजयराज पण्डितले जानकारी दिनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.