मितिः २०८१, १९ बैशाख बुधबार

आर्थिक खबर

नेपाल भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा

दिनप्रतिदिन भ्रष्टाचार बढ्दै गईरहेको बेला नेपाल३४ अंकका साथ भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा परेको छ । आज ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कको सूची अनुसार गएको वर्ष अर्थात् सन् २०२२ को सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा गनिएको छ । त्यस्तै सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुकमा सोमालिया सूचीकृत भएको छ । सोमलिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । ५० भन्दा कम अंक प्राप्त गर्ने राष्ट्र बढी भ्रष्टाचार हुने मुलुकका रुपमा गणना गरिने हुनाले सोही गणना अनुसार नेपाल पनि बढी भ्रष्टाचार…
Read More
चितवनका किसानद्धारा दूधको मूल्य बढाउन माग

चितवनका किसानद्धारा दूधको मूल्य बढाउन माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । सहकारी संघका अध्यक्ष किशोर बगालेले उक्त पत्रकार सम्मेलनमा दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गर्नुभएको हो । बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको उहाँको आरोप छ । । चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाईभैँसी पालेका छन् । जसबाट प्रतिदिन तीन…
Read More
एक वर्षमा करिब ३५ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा

एक वर्षमा करिब ३५ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा

यो एक वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार तीनसय२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार नौसय २९ जना रहेको थियो । सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार आठसय ११ जना यात्रुको आगमन भएको तथ्यांकले देखाएको छ ।…
Read More
चितवनका दुई सहित १२ कम्पनी कालोसूचिमा

चितवनका दुई सहित १२ कम्पनी कालोसूचिमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले चितवनका दुई कम्पनी सहित १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी–आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको युनिभर्सल मल्टी सर्भिसेस प्रालि शङ्खमुल काठमाडौँ, कुमार भण्डारी मुख्य व्यक्ति रहेको श्री स्वर्गद्वारी महाप्रभु विलडर्स प्रालि भिंग्री प्यूठान, कृष्णबहादुर खड्का मुख्य व्यक्ति रहेको श्री सुक्रिन निर्माण सेवा घोराही दाङ, निरजकुमार मिश्र मुख्य व्यक्ति रहेको श्री एसडी कन्स्ट्रकसन जनकपुरधाम धनुषा छन् । त्यसैगरी जगतबहादुर जोरा मुख्य व्यक्ति रहेको राष्ट्र निर्माण सेवा भागेश्वर गाउँपालिका डडेल्धुरा, जनार्धन धिताल मुख्य व्यक्ति…
Read More
स्याङ्जाको पुतलीबजारमा एकै वडाबाट १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

स्याङ्जाको पुतलीबजारमा एकै वडाबाट १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड रुपैयाँसम्म आम्दानी गरेका हुन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नम्बर वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिनुभयो । उक्त वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै भएकाले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाख रुपैयाँसम्म आम्दानी हुने उहाँको भनाई छ । पाँच–सात लाखदेखि १५–२० लाख रुपैयाँ आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफैँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री…
Read More
होटल रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क सर्वोच्चद्वारा खारेज

होटल रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क सर्वोच्चद्वारा खारेज

होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले ग्राहकबाट लिने गरेको १० प्रतिशत सेवा शुल्क खारेज भएको छ । हिजो बुधवार सर्वोच्च अदालतले उक्त चार्ज अमान्य भएको भन्दै खारेज गरिदिएको हो । अदालतको संवैधानिक इजलासले उक्त सेवा शुल्क लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको भन्दै अमान्य घोषित गरेपछि सेवा शुल्क खारेज भएको हो । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासबाट होटल, रेस्टुरेन्ट, मोटल, ट्राभल एजेन्सी लगायतका सेवा प्रदायकले लिने सर्भिस चार्जलाई गैरकानुनी घोषित गर्दै सर्वोच्चले त्यस्तो व्यवस्था तत्कालै हटाउन परमादेश समेत जारी गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डाः आनन्दमोहन भट्टराई र न्यायाधीश अनिलकुमार…
Read More
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख छ हजार

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख छ हजार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज मंगलबार प्रतितोला एकलाख छ हजार तीन सय रुपैयाँ पुगेको हो । हिजो सोमबार एकलाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा कारोबार भएको छ । महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला एकलाख पाँचहजार रुपैयाँ पुगेको थियो । अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि तोडेको हो । चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार एकहजार तीनसय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज मंगलबार एकहजार तीनसय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।
Read More
सरकारको वेवास्ताले चितवनका ‘वर्डफ्लु’ पीडित किसानको समस्या ज्यु का त्युः अझै पाउन सकेनन् राहत

सरकारको वेवास्ताले चितवनका ‘वर्डफ्लु’ पीडित किसानको समस्या ज्यु का त्युः अझै पाउन सकेनन् राहत

गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो । खोरका बिभिन्न उमेरका एक लाख १४ हजार छ सय ८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार पाँच सय किलो दाना, ५२ हजार क्रेटसँगै औषधिलगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो । सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राख्नुभयो । उहाँको हिसाबमा सरकारले राहतवापत रु आठ करोड हाराहारी दिनुपर्ने हुन्छ । त्यहीअनुसार खोरमा उहाँले एक लाख २२ हजार कुखुरा राख्नुभयो । केही ऋण बैंकले थप्यो । केही…
Read More
सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ)आजदेखि खुलेको छ । अंकित मूल्य एकसयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको हो । कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरिसकेको छ । यस कम्पनीको आइपीओमा यहि माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधीमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि यहि माघ २३ गतेसम्म थप हुनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड छ ।कम्पनीको आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक…
Read More
अब्बल बन्दै चितवनका दुग्ध सहकारी, दुग्धजन्य उत्पादनदेखि बजारीकरणसम्म गरिँदै

अब्बल बन्दै चितवनका दुग्ध सहकारी, दुग्धजन्य उत्पादनदेखि बजारीकरणसम्म गरिँदै

चितवनका दुग्ध सहकारीहरु अब्बल बन्ने प्रयासमा छन् । यहाँका दुग्ध सहकारीहरु दुग्धजन्य परिकारको उत्पादनमात्र होइन, आफैँले बजारीकरणसम्म गरेका छन् । चितवनका करिब एक दर्जन दुग्ध सहकारीहरुले आउँदो आर्थिक वर्षसम्म दुग्धजन्य परिकारको उत्पादनमात्र होइन, बजारीकरण गर्ने अवस्थासम्म पुग्ने जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताउनुभयो । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध सहकारीले विगत पाँच वर्षदेखि दुग्धजन्य परिकारको उत्पादनदेखि आफ्नै ब्रान्डको दूध बजारसम्म पु¥याइरहेको छ । जिल्लाकै अब्बल दुग्ध सहकारीको रुपमा दरिएको अन्नपूर्णले दैनिक छहजार लिटरभन्दा माथि दूध संकलन गर्दै आएको छ । यस सहकारीले बनाएको दुग्धजन्य ब्रान्डका परिकारहरु (दही, पनिर, कुरौनी, घिउ, नौनी बटर, क्रिम) चितवनका बजारमा मात्र होइन,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.